Kathmandu Press

इजरायलमा रहेका नेपालीको सुरक्षाबारे गृहमन्त्रीको चासो

आइतबार इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरी उनले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँका कारण बढेको असुरक्षाप्रति चासो राखेको उनको सचिवालयले जनाएको छ। 
इजरायलमा रहेका नेपालीको सुरक्षाबारे गृहमन्त्रीको चासो

काठमाडौं, असाेज २१ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, इजरायलमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। 

आइतबार इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरी उनले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँका कारण बढेको असुरक्षाप्रति चासो राखेको उनको सचिवालयले जनाएको छ। 

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे जानकारी लिएका थिए। 

नेपाली राजदुत रिजालले घाइते एवम्  युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताए। 
 
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्