प्रधानसेनापति शर्मा बेलायत प्रस्थान
बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन्।
काठमाडौं, असोज २१ : प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन्।
बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायत गएका हुन् ।६ दिवसीय औपचारिक भ्रमणका क्रममा बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।
उनकाे भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन्।
बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाट गर्नुका साथै उनले बेलायती सेनाको ल्यान्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमान्डसँग पनि भेटवार्ता गर्नेछन्। जंगीअड्डाका अनुसार प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम छ।
शर्मा स्वदेश फिर्ता नहुन्जेलका लागि बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन्।











-1784031842.jpg)