परराष्ट्रमन्त्री र इजरायली राजदूत गोडरबीच भेट, इजरायलका नेपालीको सुरक्षाबारे छलफल
आइतबार मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन्।
काठमाडौं, असाेज २१ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासले गरेको आक्रमणबारे नेपालीको सुरक्षा र इजरायलको अवस्थाबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्।
आइतबार मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन्।
छलफलका क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार,आक्रमणमा परेका नेपालीको उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ।
मन्त्री सायदको चासोमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाउँदै इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएको सचिवालयले जनाएको छ।

-1784031842.jpg)