Kathmandu Press

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ।
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति

धनुषा, असोज २१ : जनकपुर बिग मार्टमा आगलागी भएको छ। शनिबार राति भएकाे आगलागीमा करोडौं मूल्य बराबरको क्षति भएको छ।

जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। आगलागीबाट १० कराेडभन्दा बढीकाे क्षति भएकाे अनुमान गरिएकाे छ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो।

Photos (8)1696746888.jpg

Photos (3)(2)1696746887.jpg

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्