बिआरआई अवसर हो, कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्छौं : प्रधानमन्त्री
नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए।
काठमाडौं, असोज २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले अघि सारेको बीआरआई परियोजनालाई कार्यतालिका बनाएर छिटो कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन्।
नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए।
बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने बताए।
‘समयबद्ध कार्यतालिका बनाएर छिटो काम गर्नुपर्ने छ। सरकार त्यस दिशामा गम्भीर रुपमा अगाडि बढेको जानकारी गराउँछु,’ उनले भने, ‘बिआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने छ।’
हालैको चीन भ्रमणमा बिआरआई परियोजना सम्बन्धी कामको कार्यान्वयन गर्ने बुँदामा पनि सहमति भएको जानकारी गराउँदै उनले यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरे।











-1784031842.jpg)