Kathmandu Press

एमाले उपत्यका विशेष प्रदेश कमिटीमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्।
एमाले उपत्यका विशेष प्रदेश कमिटीमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौं, असोज २१ : नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्। अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्।

गत शुक्रबार सुरु भएको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दिएका थिए।

यस्तै, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका छन्। केही सदस्यमा भने मतदान भएको छ।

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्