कोशीमा सरकार गठनका लागि ६ दिनको समय
प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार साँझ नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई ६ दिनको समय दिएका हुन्।
काठमाडौं, असोज २० : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दिनको समय दिइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार साँझ नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई ६ दिनको समय दिएका हुन्।
शनिबार मात्र मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार मात्र राजीनामा दिएका थिए। विश्वासको मत पाउने नदेखेपछि उनले विश्वास मत लिनका लागि बोलाइएको प्रदेशसभा सम्बोधन गर्दै राजीनामा दिएका थिए।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
सरकार गठनका लागि आगामी शुक्रबार अपराह्न ५ बजेभित्र पेश दाबी पेश गरिसक्नुपर्नेछ।
प्रकाशित मिति: २०:३३ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)