हमासको इजरायल आक्रमणमा ७ नेपाली घाइते
हमासका आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते भएको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ।
काठमाडौं, असोज २० : हमासले इजरायलमाथि गरेको आक्रमणमा ७ नेपाली घाइते भएका छन्।
हमासका आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १७ मध्ये ७ नेपाली घाइते भएको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ।
दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएकाे इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्।
उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन्। विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् ।
उनका अनुसार इजरायलमा अहिले ४५ सय नेपाली छन्।
प्रकाशित मिति: २०:०४ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)