खेलबाटै देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन सकिन्छ : अध्यक्ष नेपाल
उनले खेल देशभित्र मात्र सिमित नभई अन्तराष्ट्रिय पर्यटनमा समेत योगदान पु¥याउने भन्दै खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताए।
काठमाडौं, असोज २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताएका छन्।
नेपाल खेलकुद महासंघ समाजवादीद्वारा आयोजित नेकोस खेलकुद महोत्सवलाई सम्बोधन गर्दै उनले खेल देशभित्र मात्र सिमित नभई अन्तराष्ट्रिय पर्यटनमा समेत योगदान पु¥याउने भन्दै खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताए।
‘खेल देशभित्र मात्र सिमित हुँदैन्। अन्तराष्ट्रिय पर्यटनमा पनि खेल क्षेत्र महत्वपूर्ण छ,’ अध्यक्ष नेपालले भने, ‘नेपाललाई विश्वसामु चिनाउँनका लागि पनि महत्पूर्ण छ । नेपाल राष्ट्रको नाम ईज्जतमाथि उठाउन पनि महत्वपूर्ण छ।’
खेलाडीलाई आफ्नो निम्ती मात्र नभई देशको निम्त्ति पनि योगदान पु¥याउनु पर्छ भन्ने भावनाका साथ अगाडि बढ्न आग्रह उनले आग्रह गरे। उनले भने, ‘खेलाडीले आफ्नो निम्ती मात्र होइन्, देशको निम्त्ति पनि योगदान पु¥याउनु पर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ।’
खेलाडीले प्रत्येक पटक अनुशासनको पाठ सिक्ने र जिते पनि हारे पनि मित्रता कायम गर्नुपर्छ भन्ने भावना सिक्नुपर्ने बताए।











-1784031842.jpg)