‘राजा नहुँदा नेपालको अन्तराष्ट्रिय बेइज्जत भयो’
उनले जनताले कर तिरेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्था रहेको भन्दै राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय रूपमा नै बेइज्जत भएको दाबी गरे।
काठमाडौं, असोज २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा नहुँदा अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भएको दाबी गरेका छन्।
शनिबार कठमाडौं महानगर वडा नंं. १६ राप्रपाद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले कर तिरेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्था रहेको भन्दै राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय रूपमा नै बेइज्जत भएको दाबी गरे।
‘जनताले कर तिरेर, ऋण काडेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यस्थाको विपक्षमा अर्को कुन पार्टी आउँछ? अन्तर्राष्ट्रिय रूपमा नै राजा नहुँदा नेपालको बेइज्जत भयो,’ उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय रूपमा जुन गौरव पाएको थियो त्यो गुमाउनु प¥यो मात्र होईन अहिले नेपाल शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा सँग ठूलो क्षति व्यहोर्न पर्ने खतरा देखिन थालेका छन्।’
अध्यक्ष लिङ्देनले अहिलेको नेतृत्वले देशको समस्याको समाधान गर्ने औषधीको रूपमा ल्याएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको समस्याको मूल कारण भएको तर्क गरे।
‘अहिलेको नेतृत्व सँगसँगै देशको समस्याको समाधान गर्ने औषधीको रूपमा ल्याएको योे गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षता देशको समस्याको मूल कारण छ। अहिले त्यो अन्त्य नगरी देशले निकास प्राप्त गर्दैन्,’ उनले भने।
अध्यक्ष लिङ्देनले सबैलाई चाडपर्वको बाहाना नबनाई चाडपर्व मान्दै संगठन बनाउँदै दशैपछि आन्दोलनको आँधिबेरी सृजना गर्ने गरी तयार हुन आग्रह गरे।











-1784031842.jpg)