सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जनाकाे अवस्था गम्भीर
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
सल्यान, असोज २० : सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको ना६ख ५४६३ नम्बरको बस शनिबार दिउँसो सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अनय १४ जना घाइते भएका छन्।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको प्रहरील् जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।
प्रकाशित मिति: १९:०६ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)