काठमाडाैंमा जितियाकाे उत्सव
पर्वका अवसरमा शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरिएको थियाे। कार्यक्रममा परम्परागत पहिरनमा थारु महिलाहरु सहभागी भएका थिए।
काठमाडौं, असोज २० : थारु समुदायका महिलाहरुले राजधानीमा जितिया पर्व मनाएका छन्। पर्वका अवसरमा शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरिएको थियाे। कार्यक्रममा परम्परागत पहिरनमा थारु महिलाहरु सहभागी भएका थिए। कार्यक्रममा विभिन्न परिकार खाने र खुवाउने गरिएकाे थियाे।

थारु महिला समाज नेपाल र थारु महिला समाज उपत्यका समितिले आइतबार काठमाडौंको पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया पर्व आयोजना गरेको थियो। विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुख, शान्तिका लागि लोकदेवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ जितिया पर्व मनाउने गर्छन्।

यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ। व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ। त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ। आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने विश्वास छ।




















-1784031842.jpg)