Kathmandu Press

देशमा दक्षिणपन्थी  निरङ्कुशतावादले टाउको उठाउने खतरा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्छ कि गर्दैन भन्ने प्रश्नमा सम्पूर्ण माक्र्सवादीले गहिरो गरी विचार नगरेमा दक्षिणपन्थी  निरङकुशतावादले टाउको उठाउने खतरा रहेको बताएका हुन्। 
देशमा दक्षिणपन्थी  निरङ्कुशतावादले टाउको उठाउने खतरा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, असाेज २० :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी  निरङकुशतावादले टाउको उठाउने खतरा रहेको तर्क गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित लेखक माओवादी सचिव राम कार्कीद्धारा लिखित ‘विकल्प’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्छ कि गर्दैन भन्ने प्रश्नमा सम्पूर्ण माक्र्सवादीले गहिरो गरी विचार नगरेमा दक्षिणपन्थी  निरङकुशतावादले टाउको उठाउने खतरा रहेको बताएका हुन्। 

‘आन्दोलनभित्र जे जस्ता चुनौतीहरू देखा परेका छन्। त्यो परिस्थितिमा हामीले बुर्जुवाहरुसँग हामीले सम्झौता गरेर भएपनि देशलाई गणतन्त्रको युगसम्म लैजानु समावेशिताको युगसम्म लैजानु क्रान्तिकारी काम नै हो यदी त्यसो गरिएन भने विश्वमा क्रान्तिकारीता प्रदर्शन गर्दा कति अवसान भए त्यहि बाटो हुने खतरा छ। क्रान्तिकारी हो कि हैन क्रान्तिकारीले कुनै सम्झौता बुर्जुवासँग गदैनौ भन्नु हो। यो प्रश्नको सम्पूर्ण मार्क्सवादीले गहिरो गरी विचार गर्न आवश्यक छ,’ उनले भने,‘विचार गरिएन भने हुनेवाला के छ भने हामीले क्रान्तिकारीताको कुरा गर्दै गर्दा साँच्चै दक्षिणपन्थी  निङकुशतावादले टाउको उठाउने खतरा यो देशमा हुन्छ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै जनयुद्धलाई लिएर सकारात्मक र नकारात्मक दुवै टिका टिप्पणी हुने गरेको बताए। 
 

प्रकाशित मिति: १७:५० बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्