Kathmandu Press

उद्धव थापाले फेरि पनि कोशीको मुख्यमन्त्रीमा दाबी गर्ने

उद्धव थापाले फेरि पनि कोशीको मुख्यमन्त्रीमा दाबी गर्ने

विराटनगर, असोज २० : यसअघि दुईपटक मुख्यमन्त्री बने पनि विश्वासको मत लिन असफल भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फेरि पनि कोशीको मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन्। 

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएपछि उनले त्यस्तो दाबी गर्ने बताएका हुन्। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका बेला थापाले संविधानको धारा १६८ (५) अनुसार बन्ने सरकारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी अघि सारेका हुन्। मुख्यमन्त्रीका लागि को अघि बढ्ने भन्ने निर्णय केन्द्रीय सत्ता गठबन्धनले गर्ने उनको भनाइ छ।

कार्कीले आज मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनका लागि बाटो खुलेको छ। कार्की धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका थिए। कांग्रेसले थापाबाहेक अरुलाई अगाडि सार्ने सम्भावना पनि छ। दुईपटक मुख्यमन्त्री बन्दा काम गर्ने अवसर नपाएकाले आफैंले पाउनपर्ने दाबी उनले अघि सारेका हुन्। गठबन्धनको अनुशासन तोडेर कुनै दल गए मान्य नहुने उनको भनाइ छ।

एमाले र कांग्रेस मिलेर सरकार बन्छ भन्ने हल्ला सत्य नभएको बताउँदै उनले माओवादी, एकीकृत समाजवादी र जसपा पनि गठबन्धन तोडेर एमालेसँग नजाने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्