कोशी प्रदेशकाे मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बोकाे दाबी

विराटनगर, असोज २० : माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी गरेका छन्। विश्वासकाे मत नपाउने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएपछि उनले त्यस्ताे दाबी गरेका हुन्।
अब माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको भनाइ छ। कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादी केन्द्रले काेशी सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने उनलेबताएका हुन्।
कार्कीले आज मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ। कार्की धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका थिए। माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने आङ्बोको दाबी छ।
उनले राप्रपासँग केन्द्रमा नेताहरुले संवाद गरिरहेकाले कुरा मिल्ने आङ्बोकाे विश्वास छ। मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा सकारात्मक रहेकाे उनकाे दाबी छ। काेशी प्रदेशसभामा ९३ सदस्य छन्। सत्ता गठबन्धनसँग ४७ र एमालेसँग ४० र राप्रपासँग ६ सिट छन्।











-1784031842.jpg)