सबै पार्टीलाई एकै ठाउँमा राखेर हेर्न हुन्न : ओली
एमाले सम्पर्क समन्वयन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरुलाई पार्टीहरुलाइ एकै ठाउ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असाेज २० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै पार्टीहरुलाइ एकै ठाउँमा राखेर हेर्न नहुने बताएका छन्।
एमाले सम्पर्क समन्वयन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरुलाई पार्टीहरुलाइ एकै ठाउ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका हुन्।
उनले सबै नेतालाई आरोप र आशंकाका दृष्टिले हेर्दा समाज ठिक ठाउँमा जान नसक्ने बताए। ओलीले चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुराउने माध्यमको रुपमा लिनुपर्ने धारणा पनि राखे।
चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउन उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: १६:१८ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784031842.jpg)