Kathmandu Press

विश्वासको मत नपाउने भएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुभएको हो। कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
विश्वासको मत नपाउने भएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

काठमाडाैं, असाेज २० : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन्। 

शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुभएको हो। कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) लाई टेकेर कार्की मुख्यमन्त्री बनेका थिए। संविधानअनुसार ३० दिनभित्र विश्वासको मत दिनुपर्ने बाध्यता अनुसार शनिबार विश्वासको मत नआउने भएपछि उनले राजीनामा दिएका हुन्।

बैठकमा राजीनामाको घोषणा गर्दै कार्कीले प्रदेशलाई मध्यावधीमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्दै अघि बढ्न तयार रहेको बताए।

त्यसअघि शनिबार नै बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो। कार्कीको राजीनामासंगै  संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला भएको छ। 

प्रकाशित मिति: १६:१० बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्