Kathmandu Press

संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको छ : प्रचण्ड

शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुराउने उदेश्यका साथ संघीय लोकतान्त्रीक व्यवस्था आएपनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका हुन्।
संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको छ : प्रचण्ड

काठमाडाैं, असाेज २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छ। 

शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुराउने उदेश्यका साथ संघीय लोकतान्त्रीक व्यवस्था आएपनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका हुन्।

स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी रहेको उहाको भनाइ छ् राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रीक व्यवस्था बलियो हुने उहाले बताए।

प्रधानमन्त्री प्रचण्डले संघीयता सम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा बिभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गरे। लामो संघर्षपछि प्राप्त उपलव्धीलाई जनताको हितमा इमान्दारीका साथ लागू गरेको छ कि छैन भनेर समिक्षा गर्ने बेला आएको उहाले बताए।

उहाले जनतामा सकारात्मक परिवर्तनको महशुस नहुदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे। 

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्