Kathmandu Press

धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्न आवश्यक छ : नेता केसी

उनले सर्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको बताएका छन्।
धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्न आवश्यक छ : नेता केसी
फाइल तस्बिर।

काठमाडौं, असोज २० : नेपाली का्ग्रेसका नेता अर्जुन नरसिंह केसीले, देशमा बढ्दै गएको अराजकतालाई समयमा नै नियन्त्रण गर्नु जरुरी रहेको बताएका छन्।

स्थानीय सरकार अपेक्षा र अवस्था, विषयका पुस्तक विमोचन कार्यक्रममा उनले सर्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको बताएका छन्।

‘सामाजिक ऐन कानूनले रोकेका कुराहरु, मैले आए भनेर प्रचार गर्नुपर्ने आवश्यकता छैन् । त्यहीबाट द्वन्द्व सुरु भयो, एउटा धर्मवालाहरुले अर्को धर्मको पुस्तक जलाएर देखाउँछ। त्यो बेला सरकार के हेरेर बसेको थियो। हामी सर्वधर्ममा विश्वास गर्छौ, सबै धर्ममा विश्वास गछौं,’ उनले ‘यो जुन खालको अराजकतालाई समयमा नै नियन्त्रण नगर्ने काम अहिले राष्ट्रिय परिस्थिति देखिएको छ। यसले अर्को खालको अराजक अवस्था सिर्जना भएको छ, त्यतातर्फ ध्यान जानुपर्छ।’

उनले निर्वाचित जनप्रतिनिधिहरुले जनतामा भएको असन्तुष्टिको कारक तत्व पत्ता लगाएर त्यसको समाधान खोज्न आवश्यक भएको बताए।

‘निर्वाचित जन प्रतिनिधिहरुले जनतामा भएको असन्तुष्टिको कारम तत्व के हो। त्यसलाई हाम्रो आफ्नो क्षमताले कति सम्म निराकरण गर्न सक्छौं, राज्यले के गर्न सक्छ त्यो तर्फ गम्भीर हुन सकिएन भने आउँने दिन चुनौतीपूर्ण र अप्ठ्यारो छ,’ उनले भने, ‘यसलाई समयमा नै सबै राजनीतिक दलहरुले पूर्वाग्रहभन्दामाथि उठेर कारबाही गर्ने कुरामा दृढतापूर्वक लाग्न राष्ट्रिय आवश्यकता छ ।’

 

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्