एसियन गेम्समा नेपालकाे दोस्रो पदक पक्का, करातेकी एरिका स्वर्णका भिड्दै
चीनमा जारी १९औं एसियन गेम्समा एरिका महिला ६८ केजी तौमा फाइलन पुगेसँगै उनले कम्तिमा रजत जित्ने पक्का भएको हो।
काठमाडौं, असोज २० : नेपालले एसियन गेम्समा दोस्रो पटक जित्ने पक्का भएको छ। महिला कबड्डीमा पहिलो पदकका रुपमा कास्य जितेको नेपालले दोस्रो पदक करातेमा जित्ने पक्का भएको हो।
नेपाललाई एरिका गुरुङले दोस्रो पदक दिलाउन भएकी हुन्। चीनमा जारी १९औं एसियन गेम्समा एरिका महिला ६८ केजी तौमा फाइलन पुगेसँगै उनले कम्तिमा रजत जित्ने पक्का भएको हो।
हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन्। अब उनले स्वर्णका लागि कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्ने छिन्।
एरिकाले जापानकी युजुकी सावाएलाई हराउँदै सेमिफाइलन पुगेकी थिइन्।
प्रकाशित मिति: १४:५२ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)