Kathmandu Press

काेशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

माओवादी केन्द्र कोशी प्रदेशका सांसद पूर्वमन्त्री बाबुराम दाहालले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए।
काेशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

मोरङ, असोज २० : कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन्।

गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन्।

माओवादी केन्द्र कोशी प्रदेशका सांसद पूर्वमन्त्री बाबुराम दाहालले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए।

‘दलहरुको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अुनमोदन गरेको हो,’ उनलेभ ने, ‘यति बुझौं न गठबन्धन दलले अहिलेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। गठबन्धनको यो निर्णयसँगै उनले विश्वासको मत नपाउने देखिएको छ।

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्