Kathmandu Press

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

काठमाडौं, असोज १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्