प्रधानमन्त्रीलाई शेखरकाे आग्रह- कि सच्चिनुस्, कि सरकार छाड्नुस्
उनले सरकारले सच्चिँदैन भने प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छोड्नु पर्ने उनले बताए। अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने डा. कोइरालले बताए।
कामठााडौं, असोज २० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सच्चिन आवश्यक रहेको बताएका छन्।
दशैं र तिहारको शुभकामना आनदप्रदान कार्यक्रममा नेता कोइरालाले राम्रोसँग चल्न नसके बताउँदै सरकार सच्चिन जरुरी रहेको उल्लेख गरे।
उनले सरकारले सच्चिँदैन भने प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छोड्नु पर्ने बताए। अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने डा. कोइरालले बताए।
पार्टी सभापति शेरबहादुरसँग कुनै विवाद नरहेको उल्लेख गर्दै उनले भने, ‘सभापतिजीसँग मेरो कुनै विवाद छैन, तर उहाँ विधिसम्मत हिंड्नु पर्छ।’
उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए। डा. कोइरालाले प्रत्यक्षमै समावेशी आरक्षण सुनिश्चित गरेर समानुपातिकको व्यवस्था हटाउनु पर्ने उल्लेख गरे।
डा. कोइराललले राष्ट्रियसभालाई पूर्ण समावेशी र प्रतिनिधिसभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिए।











-1784031842.jpg)