स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन मुख्यमन्त्री कार्कीको आग्रह
विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्र लेख्दै प्रदेशको स्थायित्व लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
काठमाडौं, असोज २० : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्।
गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्र लेख्दै प्रदेशको स्थायित्व लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
‘कोशी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दल समक्ष हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवंम सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु।’











-1784031842.jpg)