Kathmandu Press

आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपतिको अपिल

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको संरक्षण गर्नु आवश्यक भएको पनि उनको भनाई छ।
आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपतिको अपिल

काठमाडौं, असोज २० : राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सह–अस्तित्व स्वीकार गर्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सम्पूर्णलाई अपिल गरेका छन् ।

जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको बताएका छन्।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ। जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु,’ सन्देशमा लेखिएको छ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको संरक्षण गर्नु आवश्यक भएको पनि उनको भनाई छ।

प्रकाशित मिति: १०:३० बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्