‘जितिया जस्तो पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्ध गर्छ’
प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील बनाउँने भन्दै सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्ने बताए।
काठमाडौं, असोज २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
आज एक सन्देश जारी गर्दै प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील बनाउँने भन्दै सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्ने बताए।
‘यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन्। प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन्,’ प्रधानमन्त्रीद्वारी जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्दछन्।’
यस्तै, उनले पर्वले विविधता र पहिचानसहितको राष्ट्रिय एकतालाई सुदृढ गर्न आपसी सद्भाव कायम गर्दै संविधानप्रदत्त अधिकारको प्रगतिशील कार्यान्वयनका लागि नेपालीहरूलाई उत्प्रेरित गर्ने विश्वास लिएको पनि बताए।











-1784031842.jpg)