Kathmandu Press

सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

‘सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उलने भने, ‘जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्छ।’
सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

चितवन, असोज २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन्।

समाजवादी जागरण अभियानअन्तर्गत चितवनमा आयोजित कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए।

‘सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उलने भने, ‘जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्छ।’

जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताए।

‘अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ,’ उनले भने। समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष नेपालले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड र्दिए। जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा एस अघि आएको नउले बताए।

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्