Kathmandu Press

दसैंको अग्रिम टिकट बुकिङ असोज २२ बाट खुल्ने

अग्रिम टिकट बुकिङसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ। मन्त्रालयले टिकट बिक्रीको अनुगमन पनि गर्ने भएको छ।
दसैंको अग्रिम टिकट बुकिङ असोज २२ बाट खुल्ने

काठमाडौँ, असोज १९ : दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय छलफलपश्चात उक्त निर्णय भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २२ गतेदेखि अग्रिम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीविच छलफल भएको थियो।

अग्रिम टिकट बुकिङसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ। मन्त्रालयले टिकट बिक्रीको अनुगमन पनि गर्ने भएको छ।

कालोबजारी रोक्न टिकट बुकिङ खुल्ने दिनबाटै टिकट बिक्रीका बिषयमा अनुगमन गरिने जनाइएको छ।

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्