पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन एमाले अध्यक्ष ओलीकाे आग्रह

काठमाडाैं, असाेज १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका हुन्।
उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टीकाटिप्पणी गर्ने मौका दिन नहुने बताए। पार्टीभित्रको प्रतिष्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए।
ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्यांकन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क गरे।
ओलीले पार्टीको आन्तरिक चूनावलाई जित्दा उन्माद चढ्जस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा जोड दिए।











-1784031842.jpg)