चलचित्र ‘वानर सेना’ को प्रर्दशन सुरु : राम्रो फिल्म बनेको निर्देशकको दाबी

काठमाडौं, असाेज १९ : लेखक, निर्देशक तथा नायक अर्पण गिरीको पहिलो फिल्म ‘वानर सेना’ प्रर्दशनमा आएको छ।
आज वानेश्वरस्थित आईएनआई कम्प्लेक्समा सो चलचित्रको औपचारिक प्रिमियर गरिएको हो। क्यानाडामा थ्रेटर गर्दै आएका गिरीले ‘वानर सेना’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन्। उनको पहिलो नेपाली फिल्म नै यही हो।
गिरीले यो फिल्मको कथा, गीत लेख्नुको साथै आफैले निर्देशन र अभिनय पनि गरेका हुन्। उक्त फिल्म सार्वजनिकमा पत्रकारहरुसँग बोल्दै उनले वानर सेनाले आर्थिक हिसाबमा के कति कमाउँछ थाहा नभए पनि सबै जनाले फिल्मलाई मन पराउँनु एकदमै ठूलो कुरा भएको बताए।
उनले भने, ‘पहिला अरुको फिल्म हेर्दा आफू कराउँने गरिन्थ्यो आज आफ्नै फिल्ममा यस्तो देख्दा एमदम खुसि लागेको छ। वानर सेनाले आर्थिक हिसाबमा के कति कमाउँछ त्यो थहा भएन तर जुन तरिकाले सबै जनाले फिल्मलाई मन पराइदिनु भयो त्यो मेरो लागि एकदमै ठूलो कुरा हो। यसमा म धेरै कुराहरुमा चुकेको छु। अबको समयमा मेहेनतका साथ अगाडि बढ्ने छु।’
यस्तै कलाकार सोबित बस्नेतले यो फिल्ममा रामायणमा भएको पौराणिक विषयलाई आधुनिक तरिकाले प्रस्तुत गर्न खोजेको भन्दै यो फिल्म हिन्दि फिल्म आदिपुरुषभन्दा धेरै राम्रो बनेको बताए।
उनले भने, ‘पहिलो फिल्ममा जति मेहेनत गरेको छ त्यो हिसाबले राम्रो नै छ तर अझै मेहेनत पुगेको छैन्। मेहेनत गर्नु पर्छ, यो फिल्ममा पनि राम्रो काम देखिएको छ। हेर्दा रमाईलो नै हुन्छ। रामायणमा भएको पौराणिक विषयलाई आधुनिक तरिकाले प्रस्तुत गर्नु भएको छ, यो फिल्म हिन्दि फिल्म आदिपुरुषभन्दा धेरै राम्रो बनाउँनु भएको छ।’












