Kathmandu Press

शिक्षामा व्यापारिकरण नै दुर्दशाको कारण हो : अध्यक्ष केसी

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै, उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए। 
शिक्षामा व्यापारिकरण नै दुर्दशाको कारण हो : अध्यक्ष केसी

काठमाडौँ, असोज १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले, अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै, उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए। 

उनले भने, ‘हामी सबैलाई महसुस भएको छ आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो। तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो। शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन। त्यो देशको कति विकास भएको छ?।’

उनले आज शिक्षामा निजीकरण ,व्यापारीकरण गरेकालाई नै मन्त्री सम्म बनाउने गरेको भन्दै आपत्ति जनाए। यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्