Kathmandu Press

भिभिआइपीको सुरक्षा व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदमा 

भिभिआइपीको सुरक्षा व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदमा 

काठमाडौँ, असोज १९ : अति विशिष्ठ व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले परिमार्जन गर्न लागेको कार्यविधि मन्त्रिपरिषद्मा पुगेको छ। मन्त्रिपरिषदबाट पारित भए कार्यविधि अनुसार भीभीआईपीको सुरक्षा व्यवस्थापनमा परिमार्जन हुनेछ।

कार्यविधि अनुसार अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि गरिने छैन। आम नागरिकलाई असर नपर्ने गरी भ्रमण गर्ने लगायत बिषय कार्यविधिमा समेटिएको छ।

कार्यविधिमा हालसम्म प्रचलनमा रहेको भीभीआईपीको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ भनेर परिमार्जन गरिएको छ। केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यविधि तय गरी मन्त्रिपरिषदमा पठाएको हो।

मन्त्रिपरिषदले एकपल्ट अध्ययन गरेर पारित गर्ने जनाइएको छ। 
 

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्