जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार
शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो।
काठमाडौं, असाेज २० : यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिने भएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो।महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्दै उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न लागिएकाे हाे।
पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी ५१ वर्षीया उनलाई इरान सरकारले जेलमा राखेको छ। पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। नरगिसले जेलबाटै पनि महिलाविरुद्ध हुने यौन हिंसाबारे आवाज उठाउँदै आएकी छन्। सीएनएनका अनुसार नरगिसलाई सार्वजनिक रूपमा मानव अधिकारका पक्षमा आवाज उठाएकै कारण राज्यले यातना दिइरहेको छ ।
यसै वर्ष संयुक्त राष्ट्र संघले उनलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो। सीएनएनका अनुसार नरगिसलाई सार्वजनिक रूपमा मानव अधिकारका पक्षमा आवाज उठाएकै कारण राज्यले यातना दिइरहेको छ।











