Kathmandu Press

भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगे प्रधानमन्त्री दाहाल

भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगे प्रधानमन्त्री दाहाल

बझाङ, असोज १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ आइपुगेका छन्।

उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङ आइपुगेका हुन्। उनले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री दाहाललाई भूकम्पबाट प्रभावित ठाउँहरु देखाउने बताइएको छ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ। उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने भूकम्पमा परी २० जना घाइते भएका छन्। 

घाइतेमध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने ७ जना उपचाररत छन्।

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्