Kathmandu Press

विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह

शुक्रबार बसेको प्रतिनिधिसभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन्। 
विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह

काठमाडौं, असाेज २० : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन्। 

उनले भने, ‘विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो। शिक्षा मन्त्रालयलाई घुस खुवाउने र शिक्षा मन्त्रालयलाई एन्जिओकरण गराउने व्यवस्थापन समितिको कुनै आवश्यकता छैन। आफ्नो श्रीमती, भतिजा, छोरीलाई बिना परीक्षाको नियुक्ति गर्ने समिति खारेज हुनुपर्छ।’

सांसद सिंहले व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु गलत रहेको उल्लेख गर्दै भने, ‘व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु नै आफैमा गलत हो।’ उनले सबै शिक्षकहरूलाई दलको झोले बनाएको आरोप लगाए।
 
प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्