Kathmandu Press

सरकारले शिक्षा विधेयक एउटा ल्ययो र सम्झैता अर्को गर्‍यो : सांसद बास्कोटा

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक, २०८० माथिको समान्य छलफलमा उनले शैक्षिक क्षेत्रमा गरिएको अन्दधुन्द निजीकरणको परिणाम देशले ब्यहोर्नु परेको बताए। 
सरकारले शिक्षा विधेयक एउटा ल्ययो र सम्झैता अर्को गर्‍यो : सांसद बास्कोटा

काठमाडौं, असाेज २० : सांसद गोकुल बास्कोटाले सरकारले शिक्षा विधेयक एउटा र सम्झैता अर्को गरेको बताए। 

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक, २०८० माथिको समान्य छलफलमा उनले शैक्षिक क्षेत्रमा गरिएको अन्दधुन्द निजीकरणको परिणाम देशले ब्यहोर्नु परेको बताए। 

उनले भने, ‘शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्ध निजीकरणको परिणाम आजको शैक्षिक बेथिती, अतिराजनीतिकरण गुणस्तरमा कमी, ‘ब्रेन डेन’को अवस्था सबै भविष्यका कर्णधारले यो देश मेरो हो र म यहाँ बाँच्न सक्छु भन्ने आधार सिर्जना भएन।’ 

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले आफ्नै बच्चाहरूको विश्वास जित्न नसकेको अवस्था आएको उनको भनाइ छ। जापान बनाउँछु, स्वीट्जरल्यान्ड बनाउँछु भनेर मात्र केही नहुने सबै कुराको गुणस्तर सुधार गर्नुपर्नेमा बास्कोटाको जोड थियो।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्