सरकारले संसद्लाई अप्ठ्यारो पार्ने काम गर्यो : सांसद पन्त
शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक २०८० माथिको समान्य छलफलमा उनले राहतवाला शिक्षकहरुसँग सरकारले गरेको सम्झैता शिक्षा विधेयकमा कर्पोरेट गर्ने काम गरेको बताए।
काठमाडौं, असाेज २० : नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले संसद्लाई अप्ठ्यारो पार्ने काम गरेको बताए।
शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक २०८० माथिको समान्य छलफलमा उनले राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झैता शिक्षा विधेयकमा कर्पोरेट गर्ने काम गरेको बताए।
‘संसद्लाई अप्ठ्यारो पार्ने काम सरकारले गर्यो। राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झौता कसरी यो विधेयकमा कर्पोरेट हुन्छ। सरकारले त्यहाँ गरेको सम्झैता यो संसद्ले मान्न बाध्य छ ? बाध्य छैन्। ’
उनले संसद्ले विद्येयक आफ्नो विवेकले बनाउने तर सरकारले त्यसलाई प्रस्तुत गर्दा भावना भन्दा विपरीतको सम्झौता गर्दै हिँडेको बताए। विधेयक प्रस्तुत गर्ने तरिका उल्टो भएको उनको भनाइ छ।
प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











