शिक्षा विधेयकमाथि व्यापक छलफल आवश्यक छ : पूर्वअर्थमन्त्री शर्मा
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा विधेयक देश,लोकतन्त्र र समाजवादसँग जोडिएको हुँदा यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफल गरी पास गर्नुपर्ने बताएका हुन्।
काठमाडौं, असाेज २० : नेकपा माओवादीका सांसद तथा पूर्व अर्थ मन्त्री जर्नादन शर्माले आउँदै गरेको शिक्षा विधेयक व्यापक छलफल गरेर मात्र पास गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा विधेयक देश,लोकतन्त्र र समाजवादसँग जोडिएको हुँदा यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफल गरी पास गर्नुपर्ने बताएका हुन्।
उनले भने,‘देशको भविष्य निर्माणसँग सम्बन्धित भएको हुँदा ,देश,लोकतन्त्र र समाजवाद कस्तो बनाउने भन्ने प्रसंग जोडिएको हुँदा यो विधेयकमा छलफलमा अत्यन्तै व्यवस्थित ढङ्गले लामो समय दिएर छलफल गर्न आवश्यक छ। यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफलको आवश्यक छ।’
उनले आउँदै गरेको विधेयक सकारात्मक रहेको भन्दै भने,‘जुन यो विधेयक आएको छ त्यो सकारात्मक छ। विधेयक आउँदा आउँदै शिक्षकहरूको आन्दोलन भए त्यसलाई समेत सम्झौता मार्फत अगाडि बढाउने जुन प्रयत्न भएको छ। यसमा अन्तर विरोध पनि छन्।’