त्रिविसेवा आयोगका अध्यक्षलाई गेटमै रोकिए चुप नबस्ने एमाले सचेतक बर्तौलाको चेतावनी
शुक्रबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले विश्वविद्यालय सेवा आयोगले, असोज १४ गतेदेखि अन्तरवार्ता आरम्भ गरी आज समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता लिने तय भएपछि हिजो नेविसंघले विश्वविद्यालयमा ताला लगाएको भन्दै आपत्ति जनाएका हुन्।
काठमाडौं, असाेज २० : एमाले सांसद महेश बर्तौताले, त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले प्राध्यापकहरूको वृद्धि विकासको लागि अवरोध गरेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै, उनले विश्वविद्यालय सेवा आयोगले, असोज १४ गतेदेखि अन्तरवार्ता आरम्भ गरी आज समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता लिने तय भएपछि हिजो नेविसंघले विश्वविद्यालयमा ताला लगाएको भन्दै आपत्ति जनाएका हुन्।
उनले भने, ‘पूर्व निर्धारित तालिका बमोजिम त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापकहरूको वृद्धि विकासको लागि अवरोध भइरहेको छ। तीन वर्षदेखि। त्यसको वृद्धिको लागि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तरवार्ता आरम्भ गरेको थियो। सह प्राध्यापक र प्राध्यापकको लागि आज समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता थियो। हिजो दिउसो कांग्रेस निकट नेवीसंघले ताला बन्दी ग¥यो घोषणा ग¥यो अन्तरवार्ता लिन पाइँदैन भनेर।’
उनले अन्तरवार्ता लिन आउने सेवा आयोगका अध्यक्ष र सदस्यलाई गेटबाट नै रोकिन्छ भने आफूहरू चुप नबस्ने चेतावनी दिए।











