Kathmandu Press

गाउँगाउँमा सिंहदरबार, अनैतिक लाभ संकलनको अभियानमा परिणत भएको सांसद झाको टिप्पणी 

गाउँगाउँमा सिंहदरबार, अनैतिक लाभ संकलनको अभियानमा परिणत भएको सांसद झाको टिप्पणी 

काठमाडौं, असाेज २० : सांसद मनीष झाले गाउँ गाउँमा सिंहदरवार राजनीतिक नारा समाजमा विकृति जन्माउने अभियानमा परिणत भएको टिप्पणी गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले, गाउँ गाउँमा सिंहदरबार कर उठाउन र अनैतीक लाभ संकलन गर्न र गाडिको लस्कर देखाउन पुगेको ठहर जनताले गरेको बताए। 

‘गाउँ गाउँमा सिंहदरबार छिर्नेछ भनेर अपेक्षा बाँडियो। राजनीतिक त्यो नाराले राम्रै अपेक्षा पनि दियो। तर गाउँ गाउँमा सिंहदरबार त कर उठाउन अनैतिक लाभ संकलन गर्न लावा लस्करको गाडी देखाउन पुगेछ।’ नागरिकलाई सामान्य आधारभुत सेवा दिन र न्याय दिन गाउँमा सिंहदरबार नपुगेको उनको भनाई छ। 

उनले जनकपुरको आरती शाहको हत्यापश्चात् उनको परिवार माइतीघरमा ११२ दिन न्यायको लागि बस्दै गर्दा पनि बन्दीहरूलाई सामान्य तारिखमा छोडिएको बताए। यस्तै कारणले न्यायलयमा रहेको हाम्रो आस्था र विश्वासलाई त्यो भवनले मात्रै थेगेको तर त्यहाँ बस्ने व्यक्तिले  आस्था र विश्वासलाई कमजोर बनाएको उनको भनाइ छ।
 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्