Kathmandu Press

लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति, रेकर्डबाट हटाउन माग

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन्।
लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं, असोज १९ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सदनमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन्।  

‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो,’ उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो। त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु।’

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्