Kathmandu Press

राजावादीले धार्मिक सद्भाव विथोल्न खोजेको भनाईप्रति लिङदेनको आपत्ति

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे।
राजावादीले धार्मिक सद्भाव विथोल्न खोजेको भनाईप्रति लिङदेनको आपत्ति

काठमाडौं, असोज १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङदेनले राजावादीहरू धार्मिक सद्भाव विथोल्न लागेका छन् भन्ने अभिव्यक्तिहरू दिएकोप्रति आपत्ति जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे।

‘केहीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्न प¥यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन्। उनको गतिविधीका ध्यान दिनु पर्यो भनेर आग्रह अनुरोध गरेका छन्,’ उनले भने, ‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु। त्यसबारे प्रष्ट गर्नुहोला।’

उनले जघन्य हत्याका अपराधिहरुलाई जेलबाट छोड्ने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नामम बनाउने,नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाउने र क्विन्टलका क्विन्टल सुन ल्याउने काम चाहिँ लोकतान्त्रिक हो? भन्दै प्रश्न गरेका छन्।

‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मक सद्भाव विथोल्न लागेको छ?’ अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।’

 

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्