सडक सुरक्षा सबैको दायित्वको विषय हो : उपप्रमुख डंगोल
‘हरेक दिन सडक दुर्घटनामा ६–७ जनाको मृत्यु भइरहेकोछ, यो धेरैको लागि यो अंकमा मात्र सीमित हुन्छ, तर उ र उसको परिवारको लागि यो अंकपछाडि ठुलो पीडा हुन्छ।’
काठमाडौं, असोज १९ : काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छिन्।
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कतिबेला कहाँ हुन्छ भन्ने थाहा नहुने त्यसको लागि आफैं सचेत हुनु पर्ने बताइन्।
‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौं । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार करणले गर्दा गन्तव्यमा पुग्न सकिँदैन,’ उनले भनिन्, ‘हरेक दिन सडक दुर्घटनामा ६–७ जनाको मृत्यु भइरहेकोछ, यो धेरैको लागि यो अंकमा मात्र सीमित हुन्छ, तर उ र उसको परिवारको लागि यो अंकपछाडि ठुलो पीडा हुन्छ।’
हरेक दिन १५ देखि १६ जना घाइते हुने गरेको बताउँदै उनले यसले जिन्दगीभर पीडा हुने उल्लेख गरिन्। उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताइन्।
प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











