Kathmandu Press

‘भिआईपीको सवारीले बिगार्‍यो, त्यसलाई सपारी दिनुस्’

‘भिआइपी हटाउने हैन, त्यो बिना देश चल्दैन । त्यसकारण यो सवारी भन्ने हटाएर सपारी दिनुभयो भने सवारी पनि राम्रो हुन्छ । जनताले पनि न्याय पाउँछन्।’
‘भिआईपीको सवारीले बिगार्‍यो, त्यसलाई सपारी दिनुस्’

काठमाडौं, असोज १८ : हास्यकलाकार मनोज गजुरेलले नियम कानुन परिवर्तन गरेरै भए पनि भिआईपीको सवारीलाई सुधार्र्नुु पर्ने बताए।

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले नियम कानुनले मिल्दैन भने पनि मिलाउनु पर्ने बताए।
 
‘नियम कानुन परिवर्तन गरेरै भए पनि भिआईपीको सवारीलाई सपार्नुपर्छ । नियम कानुन कुनै धर्म ग्रन्थ नभएको जो परिवर्तन गर्न नसकियोस्,’ उनले भने, ‘पहिले पहिले भिआईपी भनेको भेरी इम्पोरटेन्ट पर्सन थियो, अहिले भेरी इरिटेटिंग पर्सन भएका छन्।’

सडक जाम हुनुमा भिआईपीको दोष नभई सवारीको दोष भएको गजुरेलले व्यंग्य गरे। उनले त्यसैले सवारीलाई हटाएर सपारेमा मात्र सबै राम्रो हुने बताए।

‘सडक जाम हुनुमा दोष भिआईपीको छैन्, सवारीको दोष छ । त्यो सवारी शब्द नै त्यस्तो हो, भीआईपी त्यस्तो हैन, सवारी यसको मतलब वारीको मान्छे वारी पारिको मान्छे पारि बिचमा मनपरी इजिकलटु सवारी,’ उनले भने, ‘त्यसकारण भिआइपी हटाउने हैन, त्यो बिना देश चल्दैन । त्यसकारण यो सवारी भन्ने हटाएर सपारी दिनुभयो भने सवारी पनि राम्रो हुन्छ । जनताले पनि न्याय पाउँछन्।’

उनले जलवायु प्रदुषण र ध्वनि प्रदुषणको मारमा रहेको बेला हर्न रोक्ने कार्यक्रमलाई पनि अनुगमन गर्नुपर्ने बताए।

 

 

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्