एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी
अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे । उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए ।
काठमाडौं, असोज १९ : नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् ।
अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे । उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए । उनले ५२० मत प्राप्त गरे ।
४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।
प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











