Kathmandu Press

पुल्चोक क्याम्पसका निमित्त प्रमुख र विभाग प्रमुखहरुले दिए सामूहिक राजीनामा

निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षमा बुधबार बसेको बैकठले सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखसहित सामूहक राजीनामा दिने निर्णय गरेको हाे।
पुल्चोक क्याम्पसका निमित्त प्रमुख र विभाग प्रमुखहरुले दिए सामूहिक राजीनामा

काठमाडौं, असोज १८ : पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन्।

निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षमा बुधबार बसेको बैकठले सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखसहित सामूहक राजीनामा दिने निर्णय गरेको थियो। सो निर्णय लगत्तै अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएको बताइएको छ।

अहिलेको अवस्थामा काम गर्न सक्दैनौं निष्कर्ष निकालेर राजीनामा सामूहिक राजीनामा दिएको निमित्त प्रमुख रेग्मीले जानकारी दिए।

स्नातक तहको शुल्कको विषयमा विद्यार्थी संगठन र क्याम्पसबीच लामो समयदेखि विवाद चलिरहेको छ। इन्जिनियरिङ अध्ययन संस्थानले तीन लाख १८ हजार रहेको इन्जिनियरिङको स्नातह तह अध्ययनको शुल्क यो वर्षदेखि बढाएर ७ बढाएर लाख ७५ हजार पु¥याएपछि विवाद सुरु भएको थियो।

विद्यार्थी संगठनले डिन र सहायक डिनहरुलाई दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाउने कार्यले इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने ठहर प्राध्यापकहरुले गरेका छन्।

उनीहरुले यो विवादमा अब हुने वार्ताको औचित्य समाप्त भएकाले राजीनामा दिएको बताएका छन्।

 

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्