‘जनयुद्ध दिवसबारे प्रमुख प्रतिपक्षीको भनाइ बेठिक भएकाले राजनीतिक रूपमा प्रतिवाद गरिन्छ’
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले संविधानले समेत सवै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन्।
काठमाडाैं, असाेज १८ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले संविधानले समेत सवै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन्।
उनले केपी ओलीको अभिव्यक्ति सवै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारीक धारणा हो जस्तो आफुलाई नलागेको धारणा राखे। उहाले पीडितलाई न्याय दिने गरि शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टिआरसीका बिषयमा सवै दलहरु सहमति नजिक रहेको बताए।
पुनले शान्ति प्रक्रिया सवैका साझा बिषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहनेगरी शान्ति प्रक्रिया टुङ्गो लाग्ने जिकिर गरे।