नयाँ भनिएका पार्टीहरुले देश हाँक्न सक्दैनन् : ओली

काठमाडाैं, असाेज १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाँक्न नसक्ने बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउँदै ओलीले नयाँ भनिएका पार्टीहरुसँग देशलाई हाँक्न सक्ने कुनै सोच र योजना नरहेको बताएका हुन्। उनले नयाँ पार्टीहरुसँग सही ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गरे। त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको जिकिर गरे।
कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिँडेको उनले बताए। उनले कांग्रेसको पछाडि लाग्ने भनाइ माधव नेपाललाई सुहाए पनि कांग्रेसलाई भने माओवादीको पछाडि हिँड्न नसुहाउने धारणा राखे। अध्यक्ष नेपालले माओवादीका नेता कार्यकर्ताहरुले पनि आफूसँगको भेटमा पीडा पोख्ने गरेको बताए।
माओवादीमा छोरी ज्वाइँ, भाइभतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पिन बाध्य भएको उनको छ । उनले गरिबी निवारण गर्न सक्ने, सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमालेबाहेक अरु कुनै नरहेको दाबी गरे। एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उनले बताए।
त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताए। उनले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उनको भनाइ छ।
माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बनेका थिए।











