Kathmandu Press

सांसद ज्ञानेन्द्र शाहीको प्रश्न– यो व्यवस्था कसका लागि?  

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै उनले  त्यसका लागि सरकारले नै जिम्मेवार हुनुपर्ने बताए। 
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न– यो व्यवस्था कसका लागि?  

काठमाडौं, असोज १८ : राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्था कसका लागि भन्दै सरकारलाई प्रश्न गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै उनले  त्यसका लागि सरकारले नै जिम्मेवार हुनुपर्ने बताए। 

‘आन्दोलन भनेको रहर हैन बाध्यता हो। यो देशमा शिक्षक आन्दोलनमा छन, कर्मचारी आन्दोलनमा छन्, चिकित्सक आन्दोलनमा छन्, धर्मको नाममा विभिन्न जातिय हिंसा र धार्मिक हिंसा भईरहेका छन्। निर्माण व्यवसायी, व्यापारी आन्दोलनमा छन, किसान आन्दोलनमा छन्।  विद्यार्थिहरु सडकमा छन्। आज पनि चिकित्सक सुरक्षित छैनन्। अनि यो व्यवस्था कसका लागि ? ’ उनले भने। 

यो व्यवस्थामा युवा खुसी भएको भए ८२ लाख युवा अर्काको देशका जानु पर्दैनथ्यो भने। यो व्यवस्था नेताका लागि मात्रै भएको तर्क गरेका उनले यो व्यवस्था न किसानको लागि , न विद्यार्थिका लागि, न शिक्षाको लागि, न जनताको लागि ८८४ जना सांसद २३ हजार जनप्रतिनीधिका लागि मात्र उत्तम रहेको बताए। 
 
प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्