सहकारी ठगीमा सञ्चालक अध्यक्ष चौलागाई पक्राउ
बचतकर्ताको झण्डै साढे ४ करोड ५० लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा परेको उजुरीमा चौलागाई पक्राउ परेका हुन्।
काठमाडौं, असोज १८ : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगीको आरोपमा बिहीवार अर्का सहकारी संचालकलाई पक्राउ गरेको छ।
देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बचतकर्ताको झण्डै साढे ४ करोड ५० लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा परेको उजुरीमा चौलागाई पक्राउ परेका हुन्।
सहकारी संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर ठगी गरेको आरोप छ।
काभ्रेको देउराली गाउँपालिका वडा नम्बर, ६ का चौलागाईलाई हिरासतमा राखेर अनुसन्धान कार्य भैरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











